जेनजी आन्दोलनपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आज सार्वजनिक भएका छन्। उनले आज बिहान पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाको अवस्था अवलोकन गरेका छन्।
जेनजी आन्दोलनको क्रममा कोटेश्वर पेरिसडाँडामा आगजनी भएपछि माओवादी केन्द्रले नयाँ र भव्य केन्द्रीय कार्यालय बनाउने भएको छ।
पार्टी केन्द्रीय कार्यालय अनुगमन गरेपछि प्रचण्डले भने, ‘देशभरका कार्यकर्ताहरुको सहयोगमा नयाँ र भव्य पार्टी कार्यालय बनाइने छ।’ पार्टी कार्यालय कहाँ बन्छ भनेर उनले खुलाएनन्।
अवलोकनपछि उनले बैठकका माइन्युट, पुस्तकालय र केही कम्प्युटरहरु जोगिएको बताए। ती जोगाउन भूमिका खेलेको भन्दै उनले कर्मचारी र कार्यकर्ताहरुलाई धन्यवाद दिए।