बेपत्ता भएको रुसी विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ। सुदूरपूर्वी रुसको साइबेरियामा बेपत्ता भएको एन्टोनोभ एन २४ विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो।

विमानमा ४३ जना यात्रु र ६ जना चालक दलका सदस्य गरी ४९ जना सवार रहेका थिए। हराएको विमान खोज्न गएको हेलिकोप्टरबाट भग्नावशेष फेला परेको हो।

दुर्घटनामा विमानमा सवार सबैको ज्यान गएको हुनसक्ने आशंका गरिएको छ। उक्त विमान घना जंगलमा दुर्घटना भएको छ।

सन् १९७६ मा निर्मित उक्त विमान साइबेरियामा आधारित हवाइ सेवा प्रदायक कम्पनी अङ्गराले सञ्चालन गर्दै आएको थियो।

उक्त विमानले सुदूरपूर्वी रुसको अमूर क्षेत्रको ब्लागोभेस्चेन्स्क शहरबाट टिन्ड्रा शहरका लागि उडान भरेको थियो। विमानको भग्नावशेष टिन्ड्रा शहरबाट १५ किलोमिटरको दूरीमा भेटिएको हो।