रुसमा झण्डै ५० जना सवार बिमान बेपत्ता भएको छ। सुदूरपूर्वी रुसमा एन्टोनोभ एन–२४ विमान बेपत्ता भएको हो।

साइबेरियामा सञ्चालन हुँदै आएको अङ्गरा एअरलाइन्सको विमान एक्कासी रडारबाट बेपत्ता भएको छ। उक्त विमानले चीनसँग सीमा जोडिएको अमूर क्षेत्रको टिन्डा शहरका लागि उडान भरेको थियो।

सो क्षेत्रका गभर्नर भिसाली ओर्लोभले प्रारम्भीक जानकारीअनुसार विमानमा ४३ जना यात्रु र ६ जना चालक दलका सदस्य रहेको जनाएका छन्। विमानमा ५ जना बालबालिका पनि रहेको जनाइएको छ।

विमानको खोजीका लागि सबै शक्ति प्रयोग गरिएको उनले बताएका छन्।