चालु आर्थिक वर्षको अन्तिम दिन नेपाली बजारमा आज (बुधवार) सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार ३ सय रुपैयाँले घटेको हो।
मङ्गलवार प्रतितोला एक लाख ९३ हजार तीन सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ।
आज चाँदीको भाउ पनि घटेको छ। महासङ्घका अनुसार आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको हो। मङ्गलवार प्रतितोला २ हजार २ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदी आज २ हजार २ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ।