नेपालले दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) महिला यु–२० च्याम्पियनसिपमा श्रीलंकाविरुद्ध सानदार जित निकालेको छ। 
बङ्गलादेशको राजधानी ढाकास्थित बसुन्धरा किङ्स एरेनामा मङ्गलवार सम्पन्न खेलमा नेपाल ७–० ले नेपाल विजयी भएको हो। 
नेपालको जितमा मिना देउवाको ह्याट्रिसँगै पूर्णिमा राईले २ गोल गरिन्। मिनाले खेलको ८, ४२ र ७० औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरिन् भने समीक्षा मगर र सरिता नाथले समान १ गोल गरे। 
जितसँगै नेपालले तीन खेलबाट ६ अङ्क बटुलेको छ। समान खेलबाट बङ्गलादेशको ९ अङ्क छ। नेपालले पहिलो खेलमा भुटानलाई ६–१ ले पराजित गरेको थियो। दोस्रो खेलमा बङ्गलादेशसँग पराजित भएको थियो। श्रीलङ्का भने प्रतियोगितामा जितविहीन छ।