पूर्व निर्वाचन आयुक्त इला शर्माको निधन भएको छ ।
शर्माको शनिवार साँझ हृदयाघातका कारण नर्भिक अस्पतालमा निधन भएको हो ।शर्माले निर्वाचन कानुन, नियमावली र निर्देशनको मस्यौदा तयार गर्ने उच्चस्तरीय कानुनी मस्यौदा तथा राजनीतिक सम्बन्ध समितिको नेतृत्व गरेर काम गरेकी थिइन् ।
शर्माको दाहसंस्कार आज गरिने छ । उनका दुई छोरीहरू छन् ।