ललितपुरको ठुलादुर्लुङमा खोल्सामा आएको बाढीले बगाएर एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा महाकाल–४ कालेश्वर स्थायी ठेगाना भई ललितपुर महानगरपालिका–२९ हरिसिद्धी बस्ने २१ वर्षीय सवइञ्जिनियर सविन दाहाल रहेका छन्।
बुधवार साँझ महाकाल गाउँपालिका–६ ठुलादुर्लुङस्थित भ¥याङखोल्सामा आएको बाढीले बगाएर उनको मृत्यु भएको हो।