मोरङको रंगेली नगरपालिका-८ दर्वेशा स्थितमा ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।
असार १० गते दिउँसो खेत जोतेर बाटोमा निस्किँदै गरेको प्रदेश १-०२-००३ त २८५६ नम्बरको ट्याक्टरले को.३९ प ३९३२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएका मोटरसाइकल चालक रंगेली९१ का ३२ वर्षीय केदार न्यौपानेलाई उपचारको लागी रंगेली अस्पताल पुर्याउनासाथ मृत्यु भएको हो भने मोटरसाइकल पछाडि सवार ४१ वर्षीय राजन भट्टराईको नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको छ।
ठक्कर दिने ट्याक्टर र चालक रंगेली-८ का ३० वर्षीय जीवन ताजपुरीयालाई इलाका प्रहरी कार्यालय रंगेलीले नियन्त्रणमा लिएको छ।