नेपाली बजारमा बुधवार सुनको मूल्य घटेको छ। आज तोलामा एक हजार पाँच सय रुपैयाँले सुनको मूल्य घटेको हो।
मङ्गलवार तोलाको एक लाख ९३ हजार पाँच सय रुपैयाँमा कारोबार भएको सुन आज एक लाख ९२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ
यस्तै, आज चाँदीको पनि मूल्य घटेको छ। मङ्गलवार चाँदी तोलाको दुई हजार एक सय ६० रुपैयाँमा कारोबार भएको थियो भने आज आज चाँदी तोलामा २० रुपैयाँले घटेर दुई हजार एक सय ४० रुपैयाँ कायम भएको छ।