बेलबारी । मोरङको बेलबारी नगरपालिका वडा नं. ९ डाँगीहाटमा अवस्थित काली माध्यमिक विद्यालयमा रहेका चारवटा सिसी क्यामेरा तोडफोड गरिएको छ। विद्यालय भवनमा जडान गरिएका ती क्यामेराहरू अज्ञात व्यक्तिहरूद्वारा तोडफोड गरिएको आशङ्का गरिएको छ।
घटनापछि अनुसन्धानको जिम्मा लिएको बेलबारी–९ स्थित डाँगीहाट प्रहरी चौकीले हाल अनुसन्धान प्रक्रिया अगाडि बढाएको जनाएको छ। तोडफोड कसले र किन गरेको भन्ने विषयमा हालसम्म स्पष्ट हुन सकेको छैन।
विद्यालय प्रशासनले तोडफोडका कारण सुरक्षा चुनौती थपिएको भन्दै चाँडै दोषी पहिचान गरी कारबाही प्रक्रिया अगाडि बढाउन आग्रह गरेको छ। प्रहरीले घटनास्थलको निरीक्षण गरी सीसीटिभी फुटेजलगायत प्रमाण सङ्कलनको काम गरिरहेको बताइएको छ