धर्मश्री विजेता/वडी विल्डर जीवन गिरी आज नेपालको नेतृत्व गर्दै लण्डन प्रस्थान गरेका छन्।
लण्डनमा हुन लागेको युके नेपाल वडी बिल्डिङमा नेपालबाट प्रमुख अतिथिको रूपमा सहभागी हुन लण्डन प्रस्थान गरेका हुन्।
उनले आफू त्यहाँ रहँदा थाइल्याण्डमा हुँदै गरेको १२ औँ वर्ल्ड च्याम्पियनसिपका लागि आवश्यक पहल गर्ने बताए। साथै उनले आफ्नो स्ट्रेन्थ लिफ्टिङ खेलको पनि प्रचार गर्ने बताए।
‘यसको प्रमुख अतिथि भएर जादैँछु। त्यहाँ गएर हामीले आफ्नो स्ट्रेन्थ लिफ्टिङ खेलको पनि प्रचार गर्नेछु। हाम्रो १२ औँ वर्ल्ड च्याम्पियनसिप थाइल्याण्डमा हुदैँछ। त्यसका लागि पनि कुरा राख्नेछु। यो मेरो दोस्रो पटक हो। मेरो काम नेपालको नाम सगरमाथा झैँ उच्च राख्ने हो । हामी अहिलेसम्म वर्ल्ड च्याम्पियनसिपमा धेरै पटक सहभागी भएका छौ,’ उनले भने।