नाइमा नेपाल मोलिटि एक्स्पो २०२५ आगामी साउन २१ देखि २५ सम्म काठमाडौँमा आयोजना हुँदैछ। एक्स्पोको तयारी स्वरूप नाइमाले सोमबार ती ब्राण्डहरुका लागि स्टल बाँडफाँडको कार्य सम्पन्न गरेको छ।
जसमा चार पाङ्ग्रे र दुई पांग्रे गरी विभिन्न ५० ब्राण्डहरुले उत्साहजनक सहभागिता जनाउँदै छन्। नाइमाका अनुसार नयाँ र पुराना गरी ५० वटा ब्रान्डले शोमा सहभागिता जनाउन लागेका छन्। प्यासेन्जर गाडीमा बिवाइडी, सिट्रोन, फोर्थिङ, जीडब्लूएम, भोल्ट्स, हुन्डाई, कायी, किया, लिपमोटर, एलईभी वन, महिन्द्रा, म्याक्सस, माज्दा, एमजी, मित्सुबिसी, निसान, ओमोड़ा एण्ड जेको, प्युजो, प्रोटोन, रेनोल्ट, टोयोटा, फक्सवागन र जिकर रहेका छन्।
यस्तै, दुई पाङ्ग्रे गाडीमा एम्पेयर, एथर, बजाज, बेनेली, सीएफमोटो, गोगोरो, होन्डा, केटीएम, महिन्द्रा, एनआईयु, रिभोल्ट, रोयल इनफिल्ड, सेगवे नाइनबुट, सुजुकी, ट्राइम्फ, टीभीएस, अल्ट्राभोइलेटी, याडिया र जिहो रहेका छन्। लाइट कमर्सियलमा चेरी वाङ्दा, डोडफेड, फरीजोन, हावजी, कामा, क्यारी, किडलड़ र सुनलड़ रहेका छन्।
नेपालका प्रमुख अटोमोबाइल उद्योगका ब्राण्डहरुबाट प्राप्त सकारात्मक र उत्साहजनक सहभागिताले आफुहरु अत्यन्तै हर्षित र उत्साहित भएको भन्दै स्टल बुकिङको कार्य सकिए पश्चात अब प्रदर्शनी तर्फ नाइमाको ध्यान केन्द्रित भएको अध्यक्ष रितु सिंह बैद्यले बताइन्।
यस एक्स्पोले परम्परागत प्रदर्शनीहरुको ढाँचामा नविनता थप्नुका साथै बजारमा उपभोक्ता र अटोमोबाईल व्यवसायीहरुलाई आफ्नो सवारी साधनलाई नयाँ र आकर्षक ढंगले प्रस्तुत गर्ने अवसर पाउने बताइएको छ। प्रदर्शनीको सम्पुर्ण व्यवस्थापन मिडिया स्पेस सोलुसन प्रालीलले गर्ने नाइमाले जनाएको छ।