इजरायलले इरानको सरकारी टेलिभिजनमाथि आक्रमण गरेको छ। इजरायलले सोमबार इरानको इस्लामिक रिपब्लिक अफ इरान ब्रोडकास्टिङ (आईआरआईबी) को भवनमा आक्रमण गरेको थियो।
आक्रमण पश्चात् आईआरआईबीले पुनः आफ्नो प्रसारण सुरु गरिसकेको छ। सरकारी स्वामित्वको प्रसारण सेवा आईआरआईबीका एक वरिष्ठ अधिकारीले भने, “इरानी राष्ट्रको शत्रु यहुदी शासनले केही मिनेट अघि इस्लामिक रिपब्लिक अफ इरान न्यूज नेटवर्कविरुद्ध सैन्य आक्रमण गरेको छ।”
आक्रमणले इजरायल र इरानबीचको द्वन्द्वमा थप तनाव ल्याएको छ। इजरायलले १३ जुनमा इरानमा हवाई आक्रमण गरेको थियो, जसको जवाफमा इरानले इजरायलमा मिसाइल प्रहार गरेको छ।