राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले प्रतिपक्षी दलको विरोधकाबीच संसद् चलाएर ‘दादागिरी’ गरिएको भन्दै आपत्ति जनाएका छन्। 
आइतबार बसेको प्रतिनिधिसभा बैठकमा आकस्मिक समयमा बोल्दै उनले प्रतिपक्षी दलको विरोधकोबीच संसद् चलाउनु संसदीय अभ्यास नभएको भन्दै दादागिरी बन्द गर्नुहोस् भन्दै आक्रोस् पोखे। 
उनले भने,‘संसदमा यसरी विरोध भइरहँदा संसद् चलाउनु उचित हुन्छ ? भिजिट भिसा प्रकरणमा दोषीलाई कारबाही गर्ने भन्ने मागमा साथ दिनुहोस्। यसरी संसद् चलाउनु संसदीय अभ्यास होइन। यो दादागिरी हो। यो दादागिरी बन्द गर्नुहोस्।’