मुक्ता एन्ड विनय कृयसनको पहिलो प्रस्तुति ‘सहीछाप’ गीत सार्वजनिक भएको छ। डा. विनय दाहाल र मुक्ता पाण्डेको युगल स्वरमा रहेको गीतमा गीतकार डिपी खनालको शब्द रचना र देवेन्द्र बरालको संगीत रहेको छ। गीतलाई विश्व अधिकारीले एरेन्ज गरेका हुन्।
पछिल्लो समयका हिट म्युजिक भिडियो जोडी सुरेश कोहली र सजना गुरुङको अभिनय रहेको भिडियोमा नवराज उप्रेतीको सिनेमाटोग्राफी र मनोज कार्कीको सम्पादन रहेको छ।
भिडियोलाई चर्चित निर्देशक मौसम हिमालीले निर्देशन गरेका छन्। लामो समय देखि अमेरिकामा चिकित्सक पेशामा रहेका डा. विनय र पेशाले अधिवक्ता रहेकी मुक्ता गीत गायनमा पनि उत्तिकै अब्बल बन्ने कोसिसमा रहेका छन्। यसअघि मुक्ता पाण्डेद्वारा गाइएको धेरै कभर गीतहरूलाई सामाजिक सञ्जाल फेसबुकमा धेरै रुचाइएको थियो। ‘सहीछाप’ गीतलाई पनि यसअघिका कभर गीतहरू जस्तै दर्शकले मन पराउनेमा मुक्ता विश्वस्त रहेकी छिन्।
https://youtu.be/eGXvOAKN7F8?si=RqVh5ZCh9gHSraJj