मोरङको बेलवारीमा कार्यक्षेत्र रहेर क्रीकेट खेलको एक दशकदेखी सस्थागत बिकासमा कार्य गर्दै आएको बेलवारी क्रीकेट क्लबले आगामी निकट भबिस्यमा आयोजना गर्न लागेको यु-१९ पुरुष प्रिमियर लिग क्रीकेट प्रतियोगिताको पुर्व सन्ध्यामा नगरभरीबाट छनौट गरिएका करिब ८० जना युवा क्रीकेटरहरुको विभिन्न खाने प्रतिभा र क्षमता वृद्धिका लागि आगामी जेष्ठ २९ गते शुक्रवारका दिन बेलवारी ११ लक्ष्मीमार्ग स्थित प्रस्तावित बेलवारी क्रीकेट रंगशालामा एक दिवसीय मास्टर क्लास प्रशिक्षण गराउने भएको छ। उक्त प्रशिक्षणका लागि क्रीकेट बिकासमा लामो अनुभव बटुल्न भएका बरिस्ठ प्रशिक्षक एवम् हाल रास्ट्रिय यु-१९ महिला क्रीकेट टिम का मुख्य प्रशिक्षक महेश प्रसाद रिजालले आउनु हुने क्लबले जानकारी दिएको छ। नेपाल क्रीकेट संघ (क्यान) को जिल्ला एवं प्रदेश संघबाट आधिकारिक रुपमा अनुमती लिएर गर्न गर्न लागिएको उक्त प्रतियोगिताले बेलवारीको प्रतिभालाई पहिचान गरि जिल्ला तथा प्रदेश स्तरमा अधि बढाउने अपेक्षा लिएको छ। साथै आगामी दिनमा बेलवारी नगरको प्रतिनिधित्व समेत गर्न सक्ने खेलाडी उत्पादन गर्ने उदेश्य रहेको क्लबका सचिब पुस्कल सुवेदी ( सियोम) ले बताए। बि.स ०७१ मा जिल्ला खेलकुद बिकास समितीमा दर्ता भएको उक्त क्लब मोरङ क्रीकेट संघमा उत्तरी मोरङ को आधिकारिक सदस्य क्लब हो ।
आगामी दिनमा यस्ता प्रकृतीका प्रतियोगितालाई निरन्तरता दिदै लआवस्यक भौतिक पुर्वाधार निर्माणमा अघि बढिरहेको क्लबले जनाएको छ।साथै हाल सिमित स्रोतका बाबजुद बेलवारी ३ मा भगवती मा.बि को स्वामित्वमा रहेको जमिन मा इन्डोर क्रीकेट एकेडेमी निर्माण भैरहेको र बेलवारी -११ लक्ष्मीमार्गमा बेलवारी नगरपालिकाको सम्योजन मा लक्ष्मी सामुदायिक बनको स्वामित्वमा रहेको मैदानलाई प्रस्तावित बेलवारी क्रीकेट रंगशाला का रुपमा अघि बढाइएको क्लबले जनाएको छ।