मलेसियामा विश्वविद्यालयका विद्यार्थी बोकेको बस दुर्घटनामा १५ जनाको मृत्यु भएको छ। सोमबार बिहान कारसँग ठोक्किएर भएको दुर्घटनामा १३ जनाको घटनास्थलमै र दुई जनाको उपचारको क्रममा मृत्यु भएको हो।

ज्यान गुमाउने अधिकांश विश्वविद्यालयका विद्यार्थी हुन्। दुर्घटना थाई सीमा नजिकैको व्यस्त पूर्व–पश्चिम राजमार्गमा गेरिक सहर नजिकै भएको हो।

यो धेरै वर्षपछिको ठूलो सडक दुर्घटना भएको मलेसियाको सिभिल डिफेन्स फोर्सले बताएको छ।