राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक अन्तर्गत गैरआवासीय नेपाली सङ्घ र ब्रिटिस गोर्खा सैनिकका मुद्दाबारे छलफल भएको छ।
सोमबार सिंहदरबारमा बसेको बैठकमा समितिका सभापति रामहरि खतिवडाले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक, सम्बन्धबारे मन्त्री तथा सांसदहरू र सरोकारवालाहरुसँग छलफल गरेर ठोस निर्णय लिने बताए।
उनले पहिलाको विधेयक अनुसार अघि बढ्ने कि नयाँ विधेयक ल्याउनेबारे गृह मन्त्रालयसँग छलफल गर्ने समेत बताए।
रक्षामन्त्री मानवीर राईले गैरआवासीय नेपाली सङ्घ र ब्रिटिस गोर्खा सैनिकको समस्यालाई सम्बोधन गर्न नेपालको संविधान एव परिस्थिति अनुसार अघि बढ्ने बताए। उनले आजसम्म गरेका दुःखलाई एउटा शिक्षाको रूपमा लिन आवश्यक रहेको औँल्याए।