नवलपरासीको सुनवलमा युवकले दुई जनाको हत्या गरेका छन्।
सुनवल नगरपालिका–२ अवरहियाका २७ वर्षीय खेमराज थारूले बुबा ५० वर्षीय जयराम थारूको कोदालो प्रहार गरी हत्या गरेका हुन्।
घटनालगत्तै सोधिखोजी गर्न पुगेका छिमेकी ७० वर्षीय नाधु धरिकारलाई पनि थारुले कोदालो प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी डीएसपी विरदत्त पन्तले जानकारी दिए।
हत्यामा संलग्न युवकलाई कोदालोसहित पक्राउ गरिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।