सुर्खेतको वीरेन्द्रनगरमा जारी टी।बी स्मृति प्रथम १६ राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार दोश्रो जीत निकालेको छ। अभय यादवको कसिलो बलिंगको मद्दतमा मधेश प्रदेशले दोस्रो जित हासिल गरेको हो।
८ दशमलव २ ओभर बलिंग गरेका अभयले २ दशमलव २८ को औसतमा जम्मा १९ रन खर्चिएर गण्डकीका ७ विकेट झार्दै टोलीलाई दोश्रो जीतसंगै थप २ अंक दिलाएका हुन्।
अभयले ३८ डट बल फाल्दै विपक्षीका ७ विकेट ढाल्ने क्रममा शुरुवातीमै तीन जनालाई ब्याटरमध्ये बिनय कार्कीलाई १४, सुप्रिम सुनारलाई ११ र समिर न्यौपानलाई शून्यकै अवस्थामा आप्नो शिकार बनाए।
प्लेयर अफ दि म्याच घोषित अभयको बलिंगको फन्दामा परेर २५ रन जोड्दाको अवस्थामा शुरुवाती क्रमका ३ जना महत्वपूर्ण ब्याटर गुमाएको गण्डकीका अरु ब्याटरलाईपनि अभयले खुलेर खेल्ने मौका नै दिएनन्।
पाँचौ नम्बरमा आएका भुवन भट्टराई जम्मा ३ रनको व्यक्तिगत स्कोरमा एल।बी।डब्ल्यूको धरापमा पारेका अभयले अनिष राउतलाई ९ रनमा स्टम्प्ड गराए भने राज परियारलाई ५ तथा रिदम पाण्डेलाई ५ रनमा आफै बलिंग, आफै क्याच गर्दै पवेलियन फर्काए।
१५ रन अतिरिक्त पाएको गण्डकीको पारी ३२ दशमलव २ ओभरमा जम्मा १ सय ४ रनमा सीमित भयो। जसमा रोज श्रेष्ठले सर्वाधिक २०, विनय कार्की र रमित कंडेलले समान १५ तथा सुप्रिम सुनाले ११ रन जोडेका थिए।

१ सय ५ रनको सामान्य लक्ष्य लिएर जवाफी ब्याटिंग थालेको मधेशले जीतका लागि धेरै संघर्ष गर्नपरेन, जम्मा १४ दशमलव १ ओभरमा ५ विकेट सुरक्षित राख्दै जीत निश्चित गर्यो।
वीरेन्द्रनगर मैदानमा भएको खेलमा १५ बलमा २५ रनको बलियो आधार गरेर आउट भएका सुशान्त सिंहको स्कोरमा शेख अरमानको २३, माहि यादवको १३ र नुमैर यादवको १० रनको योगदान मधेशको जीतका लागि पर्याप्त भयो।