नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले भनेजस्तै सानो मेहेनत र प्रयासले नेपालमा गणतन्त्र नआएको बताएका छन्।
१८ औँ गणतन्त्र दिवसका अवसरमा बोल्दै उनले गणतन्त्र दिवस मनाइरहेको बेलामा विगतका अनेक उतारचढावको सम्झना आइरहेको बताएका हुन्।  
उनले भने, ‘आज गणतन्त्र दिवस मनाइरहेको बेलामा विगतका अनेक उतारचढावको सम्झना भइरहेको छ। सानो दुःखले आर्जेको मुलुक यो होइन भनेजस्तै सानो मेहेनत र प्रयासले नेपालमा गणतन्त्र आएको होइन। यो राम्ररी सम्झना गर्नुपर्ने आवश्यकता छ। कम्युनिस्ट पार्टीभित्रै पनि आँट, दृष्टिकोण नभएका पनि हुन्छन्। समय अनुसार चल्न नजान्नेहरू, समयको प्रवाहलाई नबुझ्नेहरूमा आत्मविश्वास पाउन सकिँदैन।’
साथै उनले चुनौतीको सामना गर्दै अवसरलाई सदुपयोग गरेर अघि बढ्ने आँट गर्नुपर्ने बताए। उनले अहिलेका समस्याहरू के के हुन् त्यसका बारेमा वस्तुनिष्ठ तरिकाले अघि बढ्न सक्नुपर्ने बताए। उनले अहिले आफूहरूको अगाडि भएका समस्यालाई वस्तुनिष्ठ तरिकाबाट अघि बढ्न आवश्यक रहेको जिकिर गरे।
तत्कालीन नेकपा एमालेभित्र देखिएका विचार प्रवृत्तिको दृढताका साथ विरुद्धमा उत्रिएको स्मरण गर्दै अध्यक्ष नेपालले चुनौतीको सामना गर्ने र अवसरलाई सदुपयोग गरेर अघि बढ्नेहरूले इतिहासमा आफ्नो भूमिका निर्वाह गर्न सक्ने बताए।