समग्र श्रमिकहरू सम्मिलित श्रमिकहरूको विश्वको सर्वोच्च संस्था ईन्टरनेशनल टे«ड युनियन कन्फेडेरेशनका महासचिव लुक ट्रयांगललाई कन्फेडेरेशनको प्रधान कार्यालय ब्रसेल्समा नेपाल टे«ड युनियन कांगे्रसका महासचिव अजय कुमार राईले भेटवार्ता गरेका छन्।
महासचिव राईले नेपालको श्रमिक आन्दोलन र वर्तमान अवस्थामा नेपाली श्रमिक आन्दोलनमा रहेको समस्याबारे जानकारी गराए।
नेपालमा सबै राजनीतिक दलहरू तथा नीतिगत निर्णय गर्ने निकायहरूमा रोजगारदाताहरूको प्रभाव बढेको र श्रमिकहरूको प्रभाव बढाउनेतर्फ राजनीतिक दलहरू उदासिन भएको राईले महासचिव ट्रयांगललाई जानकारी गराए।
त्यस्तै हालैमा करिब एक महिना भन्दा बढी समय आफ्नो अधिकारका लागि गरिएको काठमाडौँ केन्द्रित शिक्षक आन्दोलनलाई पनि सरकारले खासै महत्त्व नदिएको, बैंक तथा वित्तीय संस्थाप्रति अदालतको आदेश अनुसार श्रम कानुनले प्रभाव नपार्ने भनी गरिएको निर्णयले सो क्षेत्रको श्रमिक आन्दोलनप्रति हुन जाने समस्या, पर्यटन, होटल क्षेत्रमा खाइपाइ आएको दश प्रतिशत सेवा शुल्कबारे पनि अदालतको निर्णयले पारेको असर साथै वैदेशिक रोजगारमा गएका नेपालीहरूको समस्याप्रति पनि राईले बताएका थिए।
त्यस्तै, जलवायु परिवर्तनले पनि नेपाली श्रमिकहरूलाई पार्ने असर तथा त्यसको न्यायोचित रूपान्तरण पनि हुन नसकेकोप्रति युनियनहरू संवेदनशील रहेको बताएका थिए।
नेपालमा श्रमिक समस्याहरूलाई मध्यनजर गर्दै भविष्यमा नेपाल भ्रमण गरेर नेपाली श्रमिकहरूलाई ऊर्जा प्रदान गर्न भनी कन्फेडेरेशनका महासचिव लुक ट्रयांगललाई टे«ड युनियन कांग्रेसका अध्यक्ष योगेन्द्र कुँवरबाट दिइएको भ्रमणको निम्तो पत्र पनि महासचिव राईले प्रदान गरेका थिए। 
सो क्रममा श्रमिकहरूप्रति हुने कुनैपनि अन्याय तथा समस्याप्रति कन्फेडेरेशनका बिस करोड ७० लाख श्रमिकहरूको ऐक्यबद्धता रहेको र आफ्नो अनुकूलता हेरेर आफू नेपाल आउने प्रतिबद्धता पनि महासचिव लुकले जानकारी गराएका थिए। 
विश्वभर सबै क्षेत्रका २० करोड ७० लाख सदस्य रहेको श्रमिक क्षेत्रको विश्व स्तरको सर्वोच्च संस्था जसमा विश्वभरका १६३ देशका ३३१ राष्ट्रिय स्तरका टे«ड युनियन केन्द्रहरू आबद्ध रहेका छन्।
जसमा नेपालबाट आबद्ध तिन संस्था मध्य सबैभन्दा पुरानो नेपाल टे«ड युनियन कांग्रेस रहेको छ भने अन्य दुईमा जिफन्ट र आन्टुफ रहेको छ।