काठमाडौँमा जेठ १५ गते आज हुन लागेको प्रदर्शनका लागि सात सय ८३ जना ट्राफिक प्रहरी परिचालन गरिएको छ। 
आज बिहीबार काठमाडौँमा नेकपा एमाले र राजावादीहरूको आन्दोलनलाई केन्द्रित गरी लागि सात सय ८३ जना ट्राफिक प्रहरी परिचालन गरिएको हो। 
काठमाडौँको ट्राफिक व्यवस्थापनको लागि आवश्यक जनशक्ति खटाएको र आवश्यकता अनुसार थप घट गर्ने काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता दीपक गिरीले जानकारी दिए। उनले आवश्यक परे डाइभर्सनहरु गर्ने पनि जानकारी दिएका छन्।