मिस एण्ड मिसेस् रोयल ग्लोबल क्विन नेपाल र किड्स रनवे सिजन फोरको ट्यालेन्ट राउण्ड सम्पन्न भएको छ।
शनिवार अपराह्न काठमाडौँमा सम्पन्न कार्यक्रमको मिस एण्ड मिसेस् रोयल ग्लोबल क्विन नेपालमा १५ जना सहभागीहरूले आ–आफ्नो कला देखाएका थिए भने किड्स रनवे सिजन फोरका प्रतिस्पर्धीले पनि आफ्नो कला प्रस्तुत गरेका थिए।
स्वतन्त्र हिसाबले प्रतिस्पर्धीले आफ्नो रुचि अनुसारको कला देखाउन पाइने यो ब्युटी पेजेट र फेसन शाको सबैभन्दा आकर्षक पक्ष रहेको आयोजक शाह स्टुडियो एण्ड कम्पनीका प्रबन्ध निर्देशक मनु शाहले जानकारी दिए।
प्रबन्ध निर्देशक शाहका अनुसार शनिवार सम्पन्न ट्यालेन्ट राउण्डका प्रतिस्पर्धीले सोचे भन्दा आकर्षक प्रस्तुति दिएका थिए। मिस एण्ड मिसेस् रोयल ग्लोबल क्विन नेपालमा एलिना चौधरी, देविका घतानी, दीपा क्षेत्री, दुर्गा चन्द, जीविका दाहाल, मनिषा श्रेष्ठ, मेरिता पोखरेल, नोमी राई, प्राप्ति खड्का, रमा थापा, रारिका बुढा, सृष्टि मानन्धर, सृजना राई, श्वेता बज्राचार्य र यना राई रहेका छन्।
त्यस्तै, किड्स रनवे सिजन फोरमा मोनालिजा सुनुवार, शिवानीका यादव, श्रीयन्सी थपलिया, रिसब जङ्ग कार्की, अंशु तिमल्सिना, नियाल्सा पाख्रिन, आरध्या खत्री, प्रस्मिता अर्याल, यूनिका श्रेष्ठ, शान्भी श्रेष्ठ, प्रसन्न अर्याल, रियान भण्डारी, गृष्मा पोखरेल, भाव्या चौहान र यासुमी तिमल्सिना रहेका छन्।
कार्यक्रममा प्रतिस्पर्धीहरूले आकर्षक प्रस्तुति दिएपछि निर्णायकहरू भीम बिसी, विक्रम बुढाथोकी र नायिका तथा मोडल रक्षा बुढाथोकीले प्रतिस्पर्धीहरूको खुलेर तारिफ गरेका थिए।

मिस एण्ड मिसेस् रोयल ग्लोबल क्विन नेपाल र किड्स रनवे सिजन फोरको ग्राण्ड फिनाले जेठको १८ गते काठमाडौँको नाचघरमा हुने शाह स्टुडियो एण्ड कम्पनीका प्रबन्ध निर्देशक मनु शाहले जानकारी दिए।