सुनसरीको धरान उपमहानगरपालिका वडा नं. ८ र ११ बाट प्रतिबन्धित लागूऔषध सहित ६ जनालाई पक्राउ गरिएको छ।
पक्राउ पर्नेमा धरान ११ का १८ वर्षीय आशिष तामाङ, धरान ८ का २३ वर्षीय अनिल लिम्बु, १८ वर्षीय अनिल मगर, धरान १७ का २२ वर्षीय राज कुमार राई, २८ वर्षीय अनिल मगर र धरान १९ का १८ वर्षीय अनिस मगर रहेका छन्।
हिजो राती वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले उनिहरुको साथबाट प्रतिबन्धित लागूऔषध ट्रामोल ७९५ क्याप्सुल र कोलिवान ७८५ पिस फेला पारेको थियो। लागूऔषध सहित पक्राउ परेका ६ जनाको इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भईरहेको छ।