आज लुम्बिनी प्रदेशसभाको बैठक बस्दै छ। 

आइतबार दिउँसो १ बजे बस्ने गरी उक्त बैठक बोलाइएको प्रदेशसभा सचिवालयले जनाएको छ।

प्रदेश सभा सचिवालयका अनुसार बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले आर्थिक वर्ष २०८२र०८३ को प्रदेश विनियोजन विधेयक, २०८२ का सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) सम्बन्धमा छलफल गरियोस् भन्ने प्रस्ताव सभा समक्ष प्रस्तुत कार्यसूची रहेको छ।

यसअघि सरकारले पेस गरेको नीति तथा कार्यक्रम शनिवार बसेको प्रदेशसभा बैठकले पास गरेको थियो।