तनहुँको दमौली नजिकै मादी पुलबाट जीप खस्दा तीन जनाको मृत्यु र दुई जना घाइते भएका छन्। 

शनिवार राति करिब साढे ११ बजेतिर दमौलीबाट चापाघाटतर्फ जाँदै गरेको ग २ च ५७६० नम्बरको जिप पुलबाट नदीमा खसेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनकारी दिएको छ।

प्रहरी कार्यालय तनहुँका अनुसार पाँच जना सवार जिप दुर्घटनामा पर्दा व्यास नगरपालिका–५ निवासी कुशल मगर, प्रविन मगर र कुमार मगरको ज्यान गएको र चालक रोहित गुट्टा र धिरज रौनिहार घाइते भएका छन्। घाइते हुने दुई जनाको अवस्था भने मध्यम नै रहेको छ। 

दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको पनि प्रहरीले जानकारी दिएको छ।