इस्तानबुलमा हालै सम्पन्न वार्तामा भएको सहमति अनुसार रुस र युक्रेनले ठुलो सङ्ख्यामा एकअर्कामा कैदी आदानप्रदान गरेका छन्। 

रुसी रक्षा मन्त्रालयका अनुसार सहमतिपछि रुस र युक्रेनले शनिवार ३०७ जना कैदी आदानप्रदान गरिएको हो। 

मन्त्रालयले ३०७ जना रुसी सैनिकहरू ‘कीभ–नियन्त्रित क्षेत्रबाट फर्केका’ बताएको छ। जबकि त्यति नै सङ्ख्यामा युक्रेनी कैदीहरूलाई रिहा गरिएको छ।

रुसी पक्षले सुरु गरेको ठुलो स्तरको आदानप्रदान जारी रहने अपेक्षा गरिएको छ। प्रत्येक पक्षबाट २७० सैनिक र १२० नागरिकको आदानप्रदानपछि कैदी रिहाको प्रक्रिया सुरु भएको हो।

रुसी रक्षा मन्त्रालयका अनुसार, २७० रुसी सैनिक र १२० नागरिक किभ नियन्त्रित क्षेत्रबाट फर्किएका थिए। साथै समान सङ्ख्यामा युक्रेनी कैदी र नागरिकहरूलाई रिहा गरिएको थियो। 

मन्त्रालयले भनेको छ कि मुक्त गरिएका रुसी कैदीहरू हाल बेलारुस गणतन्त्रमा छन्। जहाँ उनीहरूले आवश्यक मनोवैज्ञानिक सहयोग र चिकित्सा सहायता पाइरहेका छन्। 

युक्रेनी राष्ट्रपतिले गरेअनुसार १,००० को लागि १,००० सूत्र’ अन्तर्गत रुससँग कैदी आदानप्रदानको पहिलो चरणका रूपमा ३९० युक्रेनीहरू कैदबाट घर फर्किएका छन्। 

उनले जोड दिए कि युक्रेनले अझै पनि बन्दी बनाइएका सबै नागरिकहरूको फिर्ता सुरक्षित गर्न आफ्नो कूटनीतिक प्रयास जारी राख्नेछ।

रुस र युक्रेनले गत हप्ता इस्तानबुलमा वार्तापछि प्रत्येक १,००० कैदी आदानप्रदान गर्न सहमत भए, जुन २०२२ मा द्वन्द्व सुरु भएदेखि सबैभन्दा ठुलो कैदी आदानप्रदान हो।