तीनकुनको प्रदर्शन स्थलबाट फरार भएका दुर्गा प्रसाईं चढेको गाडी इटहरीमा भेटिएको छ।
इटहरीमा भेटिएको बिएबी–४२०८ नम्बरको स्कोर्पियो कठमाडौँ ल्याइएको उपत्यका प्रहरी कार्यालयका एआईजी टेकबहादुर तामाङले जानकारी दिए।
उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले गाडी धनीलाई पक्राउ गरेको छ। कागेश्वरी मनोहरा नगरपालिकास्थित काँडाघारी घर भएका मुकुन्द दाहाललाई पक्राउ गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ।
तीनकुनेबाट प्रसाईं सवार गाडी ईश्वर विकले हाँकेका थिए। प्रसाईंलाई झापास्थित बिएण्डसी अस्पतालमा लगेर छाडेको चालकले प्रहरीलाई बताएका छन्।




















