राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा मकवानपुरले मकवानपुरको हेटौँडा–१० मा रहेको सीमा चोकमा विरोध प्रदर्शन गरेको छ। प्रदर्शनमा सहभागीहरूले नेपालमा राजा स्थापित हुनुपर्ने र नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्नुपर्ने माग राखेका थिए।
कार्यक्रममा राप्रपा मकवानपुरका कार्यभार अध्यक्ष सागर थापाले काठमाडौँमा भइरहेको शान्तिपूर्ण आन्दोलनमा सरकारले प्रहरी दमन गरेको आरोप लगाए। उनले सरकारले नेपाली जनतालाई मार्ने बाहेक अरू केही नगरेको बताए। ‘सरकारले जुन क्रियाकलाप गरेको छ, त्यसको विरोधमा हामीले आज यो प्रदर्शन आयोजना गरेका हौँ,’ उनले भने।
थापाले यो शान्तिपूर्ण विरोध भएको र आजदेखि थप आन्दोलनको तयारी हुने जानकारी दिए। काठमाडौँमा पत्रकारको मृत्युको घटनामा पनि प्रहरीको गल्ती रहेको उनको दाबी थियो।
प्रदर्शनमा राजावादी समर्थकहरूको उल्लेख्य उपस्थिति थियो, र उनीहरूले राजाको समर्थनमा र सरकारको विरोधमा नारा लगाएका थिए।