इस्लाम धर्मावलम्बीहरुले सोमबार इद मनाउँदै छन्। एक महिना लामो रमादान पर्व (रोजा) पूरा भएको खुशीयालीमा आज इद उल फित्र मनाउन लागिएको हो। 
इद उल फित्रका अवसरमा एक आपसमा खुशीयाली साट्दै शुभकामना आदानप्रदान गर्ने प्रचलन छ। यो दिनमा मुस्लिम धर्मावलम्बी पवित्र भई मस्जिदमा गएर नमाज पढ्ने परम्परा छ।
यो दिन नमाज पाठ गरेपछि तीन दिनसम्म ठुलाबडा कहाँ गएर आशीर्वाद लिइन्छ। आशीर्वाद लिन आउने आफन्तलाई सेवई र खजुरलगायत मीठा खानेकुरा खान दिने चलन छ। अरबी पात्रोअनुसार नवौँ महिनाको अन्तिम दिन चन्द्रमा देखिएपछि इद उल फित्र मनाउने कार्यक्रम तय हुने गरेको छ। 
इदका अवसरमा सरकारले आज ९सोमबार० सार्वजनिक बिदा समेत दिएको छ।