नेवाः पत्रकार राष्ट्रिय दवुले पत्रकार सुरेश रजकको मृत्यु र सञ्चारमाध्यम माथि भएको आक्रमणको विरोधमा धर्ना कार्यक्रम आयोजना गरेको छ।
दवूले आइतबार पत्रकार सुरेश रजकको मृत्यु र सञ्चारमाध्यम माथि भएको आक्रमणको विरोधमा धर्ना गरेको हो।
उक्त धर्नामा घटनाका दोषीमाथि कारबाहीको माग गरिएको छ। नेवाः पत्रकार राष्ट्रिय दवुले धर्ना गर्दै सञ्चार माध्यममाथि आक्रमण बन्द गर, पत्रकारको पेशागत सुरक्षाको ग्यारेन्टी गर, प्रेस स्वतन्त्रताको ग्यारेन्टी गर लगायत विभिन्न नारा लेखिएका ब्यानरहरूसहित धर्ना दिएका हुन्। धर्नामा मृतक पत्रकार रजकका परिवारको समेत सहभागिता रहेको थियो।