मोरङको बेलबारीमा रहेको एक होटलमा तास खेलिरहेका ८ जनालाई प्रहरीले पक्राउ गरेको छ।
बेलबारी नगरपालिका–१० भाउन्नेस्थित होटलमा तासको खालमा शनिबार साँझ पौने ७ बजेतिर छापा हानेको मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाले जानकारी दिए।
उनका अनुसार तास खेलिरहेको गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर कृष्णबहादुर खत्री नेतृत्वको टोलीले होटलको ताल खालमा छापा हानेर ८ जनालाई पक्राउ गरेको बताए।
पक्राउ परेकाको साथबाट १ लाख ५ हजार ८० रुपैयाँ नगद र ८ बुक तास बरामद गरिएको छ। होटल सञ्चालक फरार भएको प्रहरीले जनाएको छ।
फरार रहेका संचालकको खोजी भइरहेको छ भने पक्राउ परेकाहरूलाई इलाका प्रहरी कार्यालय बेलबारीको हिरासतमा राखेर थप अनुसन्धानअघि बढाएको प्रहरीले जनाएको छ।