साताको पहिलो कारोबार दिन आइतबार सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ।
शुक्रवार तोलाको एक लाख ७६ हजार दुई सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज छ सय रुपैयाँले बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य आज तोलाको एक लाख ७६ हजार आठ सय रुपैयाँ पुगेको छ।
त्यसैगरी शुक्रवार तोलाको दुई हजार ४० रुपैयाँ पुगेको चाँदी आज १५ रुपैयाँले घटेर तोलाको दुई हजार २५ रुपैयाँमा झरेको छ।