खानेपानी मन्त्री प्रदिप यादवले मन्त्रालय जनताको पानी र सरकारको लगानी भन्ने विषयलाई लिएर अगाडि बढी रहेको बताएका छन्। 
शनिवार काठमाडौँमा आयोजित ‘दिगो खानेपानी सरसफाई तथा स्वच्छतामा लगानी’ विषयक सरोकारवालहरुबीच गोष्ठी कार्यक्रममा उनले पानीमा जिरो प्रतिशत जनताको लगानी र सय प्रतिशत नै सरकारले लगानी गर्ने भन्दै यसको नीतिसहित अगाडि बढिरहेको बताए।
उनले भने, ‘जनताको पानी र सरकारको लगानी भनेर हामी अगाडि बढी रहेका छ। अब जनताको एक रुपैयाँ पनि पानीमा नलाग्ने जिरो प्रतिशत जनताको लगानी रहने गरी सय प्रतिशत नै खानेपानीमा नेपाल सरकारले लगानी गर्ने गर्छ। यसको नीतिसहित हामी अगाडि बढी रहेका छौ। खानेपानीको पहुँच विस्तारमा महत्त्वपूर्ण योगदान पु¥याई रहेका छौ भन्ने विश्वास पनि लिएका छौ।’
उनले डाटा अनुसार जनतालाई २७ प्रतिशत स्वच्छ र शुद्ध पानी वितरण गरिएको भन्दै प्रदेश र स्थानीय सरकारको सहयोगमा यसलाई एक वर्षभित्र ५७ प्रतिशत पु¥याउनको लागि मन्त्रालय अगाडि बढिरहेको बताए। 
यसको साथै, उनले तीनै तहका सरकारबीच सुशासनमार्फत अन्तर समन्वय गर्दै पानीमा समान पहुँच न्याय संगत वितरण र दीर्घकालीन व्यवस्थापन प्रवर्द्धनमा पहल गरिरहेको बताए।