मोरङको धनपालथान गाउँपालिकामा आगलागी हुँदा जलेर एक बालिकाको मृत्यु भएको छ। आगलागीबाट अनित मियाकी ४ वर्षीय छोरी रेश्मा खातुनको शव फेला परेको हो। 

धनपालथान– ६ को कदमा गाउँमा मंगलबार दिउँसो सुरु भएको आगलागीमा परी दुई बालबालिकाको मृत्यु भएको स्थानीयलाई उद्धृत गर्दै प्रहरीले बताएको थियो। तर आगलागीमा परेको भनिएका अर्का ६ वर्षीय बालक अर्शद अली भने सम्पर्कमा आएका छन्। 

घटनास्थल पुगेका मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार बालक घर नजिकै बारीमा फेला परेका छन्। उनको अवस्था सामान्य छ।

प्रहरीका अनुसार आज दिउँसो सुरु भएको आगलागीमा परी ९ वटा घर जलेर नष्ट का छन्। आगो लगभग नियन्त्रणमा आएको डिएसपी जोशीले जानकारी दिए।