सुनसरीका यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले प्राइड मन्थ २०२४ मनाएका छन्। कार्यक्रमको आयोजना राइट हेयर राइट नाउ र इटहरी उपमहानगरपालिकाको सहयोगमा मानव कल्याण समाज इटहरीले गरेको हो।

सन् १९६९ जुन २८ मा न्यूयोर्क सहरको गे बार स्टोन वाल इनमा प्रहरीले छापा मारेर यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक व्यक्तिहरूलाई हिरासतमा लिएपछि रिहाईका लागि धेरै दिनसम्म चलेको दंगा शृङ्खला र अन्त्यमा उनीहरूको रिहाइको सम्झनामा संसारभर यस समुदायले विभिन्न कार्यक्रम गरी गौरवको महिनाको रूपमा मनाउने गरेको मानव कल्याण समाज इटहरी प्रमुख देव नारायण चौधरीले जानकारी दिए। समुदायमाथि हुने गरेको हिंसा, अन्यायविरुद्धसँगै समुदायको हक अधिकार प्राप्तिको सुनिश्चितताका लागि पनि कार्यक्रम आयोजना गरिएको उनले बताए।




