मोरङको बुढीगंगा गाउँपालिका-३ स्थित कोशी लोकमार्गमा एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा उदयपुर पञ्चावती-४ घर भई मोरङको बुढिगंगा-२ स्थितमा बस्दै आएका २४ वर्षीय आशिष राई रहेका छन्। चैत्र २ गते राती पौने ११ बजे दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको मनमाया स्मृति प्रतिष्ठानको को.१ च ४७७४ नम्बरको एम्बुलेन्स अनियन्त्रित भई सडक डिभाईडरमा ठोक्किई दुर्घटना हुँदा घाइते भएका चालक राईको विराट टिचिङ अस्पताल गंगा चौकमा उपचारको क्रममा मृत्यु भएको हो।
दुर्घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।