हेटौंडामा शनिबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको तस्बिर जलाउने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका नेता निराजन बमलाई प्रहरीले पक्राउ गरेको छ।
बमले शनिबार हेटौँडामा आयोजित राप्रपाको कार्यक्रममा प्रचण्डको फोटो जलाएका थिए। बमलाई प्रहरीले चितवनबाट पक्राउ गरेको हो। उनले कार्यक्रमको मञ्चमै ‘गणतन्त्र मुर्दावाद‘ नारा लगाउँदै प्रचण्डको तस्बिरमा आगो लगाएका थिए।
त्यस कार्यक्रममा राप्रपा केन्द्रीय नेता तथा सांसद दीपकबहादुर सिंहसमेत सहभागी थिए।