राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङले खेलकुदमा होली पर्वलाई निरन्तरुपमा हर्षोल्लासका साथ मनाउने बताएका छन्।
राष्ट्रिय टिम तयारी समितिको आयोजनामा बिहीबार सातदोबाटोस्थित खेलकुद परिसरमा मिसन २०२६ होली कार्यक्रममा बोल्दै उनले खेलकुदमा संस्कृतिको सुरुवात गरेको बताएका हुन्।
उनले भने,‘रङगीन सपना पूरा गर्नको लागि होलीलाई मिसन २०२६ को कार्यक्रमसँग जोडेर हामी होली मनाइरहेका छौ। म सम्पूर्ण खेलाडी, प्रशिक्षक लगायत सम्पूर्ण साथीहरू सबैलाई हार्दिक शुभकामना व्यक्त गर्दछु। हामी खेलकुदमा कार्यगत सबै एउटा परिवार हौ। त्यसैले हामीले खेलकुदमा पनि हामी संस्कृतिको सुरुवात गरेका छौ। अबदेखि हरेक वर्ष सँगै होली पर्वलाई निरन्तरुपमा सञ्चालन गर्नेछौ।’
उनले देशको सपना नै आफ्नो सपना भएकोले सपनाहरूलाई पूरा गर्नको निम्ति फागु पूर्णिमा अर्थात् होलीले सफलता मिलोस् भन्दै शुभकामना दिए।