पूर्वराजा ज्ञानेनद्र शाहको स्वागतका लागि त्रिभुवन विमानस्थल परिसरमा पुगेका राजावादीहरू उग्र रुपमा नाराबाजी गरेका छन्।

नेपालको झन्डासहित पुगेका उनीहरू प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गरेका हुन्। उनीहरुले ‘केपी ..र, देश छोड्, हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो छ, राजा आऊ देश बचाऊ’ जस्ता नारा लगाएका हुन् ।

पूर्वराजको पक्षमा नारा लगाएका उनीहरूले प्रधानमन्त्रीविरुद्ध भने गालीगलौजसहित आपत्तिजनक नारा लगाएका हुन्।

पूर्वराजा ज्ञानेन्द्र पोखराबाट काठमाडौं आउने तयारी छ। उनी पोखरामा साइत नमिलेपछि दही खाएर हिँड्दै छन्।

उनको स्वागतका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापालगायत राजावादीहरू एयरपोर्ट पुगिसकेका छन्।

त्यसगरी अन्य राजावादी संघ(संस्थाले ज्ञानेन्द्रको स्वागतमा सर्वसाधारणलाई सडकमा उतारेका छन्।

उनीहरूलाई विमानस्थल प्रवेश गर्न रोकिएको छ। सम्भावित सुरक्षा जोखिमलाई ख्याल गरेर विमानस्थल परिसरमा बाक्लो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ।