नेकपा एमाले मोरङको जिल्ला सदस्यमा बेलबारीका योगेन्द्र प्रसाद सुवेदी सहित १० जना निर्वाचित भएका छन्।
शनिबार सम्पन्न मतपरिणाम अनुसार बेलबारी नगरपालिका-३ का सुवेदी ३२९ मत ल्याएर जिल्ला सदस्यमा निर्वाचित भएका हुन् भने खुल्लाबाट प्रेम कुमार कार्की, कृष्ण गुरुङ, गजिन्द्र लिम्बू, अम्बर गुरुङ, महिलाबाट सीता तामाङ, मञ्जु रिजाल, कल्पना राई र युवाबाट शीतल राय निर्वाचित भएका हुन्।
सुबेदी बेलबारी वडा नं.३ मा वडाबासीको प्रेमले २ पटक वडाध्यक्षको जिम्वेवारी निर्वाह गर्दै आएका उनी सामाजिक कार्यमा पनि उतिकै सक्रिय छन्।
त्यस्तै, बेलबारी उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष समेत रहेका उनी लायन्स क्लब बेलबारीका पूर्व अध्यक्ष पनि हुन्।
त्यस्तै, निर्वाचित खुल्लाबाट प्रेम कुमार कार्की श्री कबिर मा.बि बेलबारी-२ को पुर्व प्रधानाध्यापक हुन्, कृष्ण गुरुङ बेलबारी वडा नं.२ का वडाध्यक्ष हुन्, गजिन्द्र लिम्बू लोकतान्त्रिक आदिवासी जनजाति महासंघका उपाध्यक्ष कोशी प्रदेश, अम्बर गुरुङ, महिलाबाट सीता तामाङ लोकतान्त्रिक आदिवासी जनजाति महासंघका केन्द्रिय सदस्य तथा कोशी प्रदेश इन्चार्ज, मञ्जु रिजाल बेलबारी वडा नं.२ का वडा सदस्य हुन्, कल्पना राई नेकपा एमाले जिल्ला कमिटि सदस्य र युवाबाट शीतल राय नेपाल खेलकुद महासंघका मोरङ जिल्ला अध्यक्ष हुन्।