राष्ट्रिय क्रान्तिकारी मोर्चा नेपालले काठमाडौँको माइतीघर मण्डलामा शान्तिपूर्ण प्रदर्शन गरेको छ। उनीहरूले अमेरिकाले चालेका कदमहरूको विरुद्ध प्रदर्शन गरेका हुन्।
मोर्चाले ‘प्यालेस्टाइनलाई उपनिवेश बनाउने अमेरिकी साम्राज्यवादको भण्डाफोर गरौँ स्वाधीनताको लागि सङ्घर्षशील प्यालेस्टिनहरुप्रति ऐक्यबद्धता जनाऔँ!’ भन्ने मूल नाराका साथ प्रदर्शन गरेका हुन्।
राष्ट्रिय क्रान्तिकारी मोर्चा नेपाल विभिन्न छ राजनीतिक दल र कम्युनिष्ट घटकहरू मिलेर बनेको हो।