गायिका अस्मिता अधिकारी र महेश काफ्लेले आज लगनगाँठो कसेका छन्। राजधानीको कार्की ब्यांक्वेटमा वैवाहिक समारोह चलिरहेको छ।
विवाहको माहोल रमाइलो बनिरहेको छ। पन्चेबाजासहित बेहुला महेश र उनका बुवा भोजराज र बेहुली अस्मिताका गीतहरू विवाहमा बजाइएको छ।
विवाह समारोहमा दुवै पक्षका परिवार, आफन्त र निकट संगीतकर्मी उपस्थित छन्। विवाहमा पुग्नेहरूले उनीहरूलाई बधाई दिइरहेका छन्। केही दिनदेखि हेल्दी मेहेन्दी समारोह चलिरहेको थियो।