राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले सरकार कमिसन बढाउनुपर्‍यो भन्ने व्यापारीहरू खोजी खोजी हिँडिरहेको आरोप लगाएका छन्। 
बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सरकार कमिसनखोर व्यापारीको पक्षमा रहेको प्रमाणित भएको बताए। 
उनले भने, ‘सरकार कमिसन बढाउनुपर्‍यो भन्ने व्यापारीहरू खोजी खोजी हिँडिरहेको छ। सरकार कमिसन खोर व्यापारीको पक्षमा छ यो प्रमाणित गरेको छ।’
त्यस्तै, उनले घर घरमा ग्यासको पाइप पुर्‍याउने भनेको दश वर्ष हुँदा पनि केही नभएको बताए। उनले विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकार कारबाही गर्न हात धोएर लागेको भन्दै आपत्ति जनाए। 
उनले भने,‘कति वर्ष भयो घरघरमा ग्यासको पाइप पुर्‍याउने भनेको, मैँले मात्रै सुनेको हो कि यहाँ भएका माननीयहरूले पनि सुन्नुभएको हो। दश वर्ष जति भएछ। जसले बिजुली चुलोसम्म पुर्‍याउने नीति बनाउँदैथ्यो, उसलाई सरकार कारबाही गर्न तम्तयार भएर हात धोएर लागेको छ। एक रुपैयाँ तेलको मूल्य बढ्दै गर्दा बानेश्वरमा चक्का जाम र टायर बाल्ने अखिलका दाइहरू पनि अहिले यही सदनमा हुनुहुन्छ। आज यति विधि आक्रान्त मूल्यवृद्धि हुँदै गर्दा ती दाइहरू किन मौन हुनुहुन्छ।’