रौतहट प्रहरीले विभिन्न समयमा बरामद गरेको मोटरसाइकल भन्सारमा बुझाएको छ। फाल्गुन १ गतेदेखि हालसम्म चेकजाँचका क्रममा बरामद भएको मोटरसाइकल गौर भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
प्रहरीका अनुसार बरामद भएको मोटरसाइकल अधिकांश भारतीय नम्बरका छन्। जिल्ला प्रहरी कार्यालय र मातहतबाट खटिएको प्रहरी गस्ती टोलीले कागज पत्र नभएका अवैधानिक मोटरसाइकल बरामद गरेको रौतहट प्रहरीका सूचना अधिकारी तथा प्रहरी नायव उपरिक्षक दिपक कुमार रायले बताए।
उनका अनुसार चेकजाँचका क्रममा बरामद भएको मोटरसाइकल प्रहरी कार्यालयको परिसरमा राखिएका सो मोटरसाइकल गौर भन्सारमा बुझाइएको हो।
उक्त मोटरसाइकलको करिब ९ लाख ६० हजार मूल्याङ्कन गरिएको उनले जानकारी दिए। प्रहरीले बुझाएको मोटरसाइकलको आवश्यक प्रक्रिया अघि बढाइएको गौर भन्सार कार्यालयले जनाएको छ।