नेपाली बजारमा बुधवार सुनको मूल्य फेरि बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधवार सुन तोलामा ११ सय रुपैयाँले बढेको हो।
मङ्गलवार तोलामा १ लाख ६९ हजार ४०० रुपैयाँ कायम भएको छापावाल सुनको आज तोलाको १ लाख ७० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। 
यस्तै चाँदीको मूल्य पनि बढेको छ। मङ्गलवार तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधवार १५ रुपैयाँले बढेर तोलामा १ हजार ९८५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ।