केयरगिभरका लागि मङ्गलवार १३ जना नेपाली इजरायल उडेका छन्। वैदेशिक रोजगार विभागले प्रकाशित गरेको दोस्रो पटकको सूचनापछि छनोट भएका मध्येबाट पहिलो चरणमा १३ जना इजरायल उडेका हुन्।
गएको असोजमा केयरगिभरका लागि एक हजार १५६ महिला र ९५६ पुरुष गरी कुल दुई हजार ११२ उम्मेदवारहरू लक्की ड्र मार्फत छनोट भएका थिए।
उनीहरूमध्ये ९ सय १९ जनाको स्वास्थ्य परीक्षण भइसकेको विभागको इजरायल शाखाले जनाएको छ। हालसम्म दुई सयभन्दा धेरै कन्ट्याक्ट आइसकेको छ। उनीहरूलाई पनि भिसा आएपछि क्रमशः पठाइनेछ।