बेलबारी वडा न ११ को स्वास्थ्य चौकीमा माक्स वितरण गरिएको छ।  बेलबारी वडा न ११ का वडाध्यक्ष बिक्रम राईले संघीय स्वास्थ्य मन्त्रालयबाट सहयोग प्राप्त माक्स बेलबारी-११का स्वास्थ्य चौकी प्रमुखलाई हस्तान्तरण गरेका छन्।  बेलबारी नगरपालिकामा क्षयरोग बिरामी लाई न्युनिकरंका लागि वितरण गरिएको अध्यक्ष राईले बताए। बेलबारीका ११ वटै वडाका बिरामीले ११को स्वास्थ्य चौकीमा सम्पर्क गरेर माक्स लिन सकिने बताए ।  m1

क्षयरोग कसरी लाग्छ?

क्षयरोग भनेको यस्तो रोग हो जसमा ट्यूबरकुल ब्यासिलस नामक जीवाणुको कारणले फोक्सोमा सूजन वा जलन उत्पन्न हुन जान्छ।

गम्भीर रूपमा क्षयरोग लागेका बिरामीको खोकीबाट ट्यूबरकुल ब्यासिलस हावामा फैलिन्छ, र यदि छेउछाउका मानिसहरूको शरीरमा त्यस्तो हावा श्वासद्वारा सोझैभित्र पसेमा उनीहरूलाई पनि सङ्क्रमण हुन्छ।

तथापि, क्षयरोगको सङ्क्रमण हुँदैमा मात्र यो रोग लाग्न थाल्छ भन्ने होइन। सामान्यतया शरीरको रोग प्रतिरोधात्मक प्रणालीले ट्यूबरकुल ब्यासिलसको सङ्ख्यामा वृद्धि हुनबाट रोकेर राख्छ।

यदि शरीरको रोग प्रतिरोधात्मक प्रणालीले ट्यूबरकुल ब्यासिलसलाई दबाएर राख्न नसकेमा, क्षयरोग लाग्न शुरु हुन्छ।


यी मानिसहरू सहजै बिरामी पर्न सक्छन्।

शरीरको रोग प्रतिरोधात्मक प्रणाली कमजोर भएको बेला क्षयरोग लाग्न सहजै शुरु हुन सक्छ।

शरीरको रोग प्रतिरोधात्मक प्रणाली कमजोर हुने शिशु तथा वृद्ध व्यक्तिहरूले विशेष होसियार रहनु पर्छ।

यसका अतिरिक्त, जीवन-शैली सम्बन्धी रोग जस्तै मधुमेह हुने, पेटमा शल्यक्रिया गरेका, र क्यान्सरको उपचार प्राप्त गर्दै

गरेका मानिसहरूको पनि शरीरको रोग प्रतिरोधात्मक प्रणाली कमजोर हुने भएकोले, उनीहरूलाई रोग लाग्ने उच्चतम जोखिम

रहन्छ भन्ने तथ्याङ्क अनुसार देखिएको छ।

क्षयरोगको जाँच गर्ने विधिहरू

ट्यूबरक्यूलिन रिएक्शन जाँच ट्यूबरकुल ब्यासिलसद्वारा सङ्क्रमित भएकोअथवा BCG लिएका मानिसहरूको छालामाप्रतिक्रिया भइ रातो हुन्छ।छातीको एक्स-रे फोक्सोमा घाउ भए देख्न सकिन्छ। क्षयरोगको धेरैजसो अवस्थामा प्राय फोक्सोको क्षयरोग भएको देखिन्छ।

m3