कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले जैविक स्रोतहरूको व्यवसायीक सदुपयोगले कृषिको आधुनिकीकरणसँगै आर्थिक समृद्धिमा पनि ठुलो योगदान पु¥याउने बताएका छन्। 
मङ्गलवार काठमाडौँमा आयोजित नेपालका महत्त्वपूर्ण जडीबुटी तथा बोट वनस्पति ग्रन्थको सार्वजनिकीकरण तथा छलफल कार्यक्रममा उनले नेपाल जस्तो जैविक विविधताले भरिपूर्ण देशमा औषधी वनस्पति र अन्य जैविक स्रोतहरूको व्यवसायीक सदुपयोग गर्न सके कृषिको आधुनिकीकरणसँगै आर्थिक समृद्धिमा पनि ठुलो योगदान पु¥याउने बताए। 
उनले भने, ‘नेपाल प्राकृतिक स्रोत र साधनले भरिपूर्ण देश हो। हामीले चिन्न नसकेका कुरा आफ्नो ठाउँमा छ। नेपाल जस्तो जैविक विविधताले भरिपूर्ण देशमा औषधी वनस्पति र अन्य जैविक स्रोतहरूको व्यवसायीक र वैज्ञानिक सदुपयोग गर्न सके कृषिको आधुनिकीकरणसँगै आर्थिक समृद्धिमा पनि ठुलो योगदान पु¥याउन सकिन्छ। यहाँ पाइने विभिन्न वनस्पति, जडीबुटी, कृषि बाली तथा जैविक स्रोतहरूले हाम्रो कृषि प्रणाली औषधी उत्पादन, पोषणको सुरक्षामा महत्त्वपूर्ण योगदान पु¥याउने गरेको छ।’
यसको साथै, उनले जैविक स्रोतहरूको संरक्षण अनुसन्धान, उत्पादनमुखी व्यवस्थापन तथा व्यवसायीकरण प्रभावकारी बनाउन राज्यको ध्यान नपुगेको बताएका छन्। 
उनले भने, ‘जैविक स्रोतहरूको संरक्षण अनुसन्धान, उत्पादनमुखी व्यवस्थापन तथा व्यवसायीकरण अझै प्रभावकारी हुन सकेको छैन। यसको व्यवस्थापन राज्यले जुन तरिकाबाट गर्नुपर्ने थियो त्यसमा राम्रो तरिकाले ध्यान नपुगेको हो की भन्ने मलाई लाग्छ।’